नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा

पोखरा। नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै पुलिस क्वार्टर-फाइनलमा पुगेको हो।

खेलको निर्धारित ९० मिनेट एक-एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन। खेल पेनाल्टी सुटआउटमा पुग्यो। अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० गोलले हराउँदै एपीएफ क्वार्टर–फाइनलमा प्रवेश गरिसकेको छ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×