शाहिद कपूर बढाए आफ्नो पारिश्रमिक

भारत। बलिउड अभिनेता शाहिद कपूरले आफ्नो पछिल्लो केहि चलचित्र सफल भएपछी पारिश्रमिक बढाएका छन्। उनको चलचित्र ‘कबीर सिंह’ निकै सफल रहेको थियो। त्यसैगरी उनको अर्को बहुप्रतिक्षित चलचित्र ‘जर्सी’ अप्रिल १४बाट प्रदर्शनमा आउँदैछ। भारतीय सञ्चारमाध्यमका अनुसार उनले यो चलचित्रका लागि ३१ करोड पारिश्रमिक लिएका छन्।

त्यसैगरि शाहिदले आउँदो नयाँ चलचित्रका लागि अझ बढी पारिश्रमिक लिएको जनाईएको छ। उनी चाँडै निर्देशक अली अब्बास जफरको नयाँ चलचित्रमा देखिदैछन्। जसका लागि शाहिदले ३८ करोड पारिश्रमिक लिएका छन्। खबरका अनुसार शाहिदले छत्रपति शिवाजी महाराजको बायोपिकमा समेत काम गर्ने भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×