रोहित बने टी-२० अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी

काठमाडौँ - भारतीय क्रिकेट टोली कप्तान रोहित शर्मा टी-२० अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

न्युजिल्याण्डका मार्टिन गुप्टिललाई पछाडी पार्दै शर्मा खेलाडीको सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा उक्लिएका हुन्।

शर्माले १ सय २१ इनिङमा ३ हजार ४ सय ४३ रन बनाएका छन्। गुप्टिल ३ हजार ३ सय ९९ रनका साथ दोस्रो स्थानमा रहेकाछन्।

विराट कोहलीले तेस्रो स्थानमा रहदै ३ हजार ३ सय ८ रन बनाएका छन्। शर्माले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२०मा उक्त कीर्तिमान बनाएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×