'आशिकी ३' बन्छ त? : मुकेश भट्टले दिए जवाफ

भारत। बलिउड चलचित्र 'आशिकी' र 'आशिकी २' आफ्नो समयका सफल चलचित्र हुन्। अब चलचित्रको तेस्रो सिक्वललाई लिएर बिभिन्न अड्कलबाजी भइरहेको छ। चलचित्रमा कहिले कुनै अभिनेता त कहिले कुनै अभिनेत्रीलाई जोडेर कुरा चलाईदैछ। यो कुरामा कति सत्यता छ भन्ने कुरा भारतीय सञ्चारमाध्यमहरुले प्रोड्युसर मुकेश भट्टलाई सोध्दा उनले चलचित्र 'आशिकी ३' बनाउने कुनै तयारी नरहेको बताएका छन्। उनले भने "अहिलेसम्म चलचित्रको कुनै योजना छैन। हामीलाई चलचित्र उद्योगको सबैभन्दा सफल फ्रेंचाइजीको सीक्वल बनाउन पहिला स्क्रिप्ट आवश्यक पर्छ।" आशिकीको पहिलो सिक्वल १९९०मा आएको थियो। जसमा राहिल रोय र अनु अग्रवाल मुख्य भूमिकामा थिए। चलचित्रलाई महेश भट्टले निर्देशन गरेका थिए। त्यसैगरि चलचित्रको दोस्रो सिक्वल २०१३मा आएको थियो। जसमा आदित्य रोय कपूर र श्रद्धा कपूर मुख्य भूमिकामा देखिएका थिए। दोस्रो सिक्वलको निर्देशन भने मोहित सूरीले गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×