दक्षिण अफ्रिकासँगको टी-२० शृङ्खला एक खेल अगावै भारतलाई

काठमाडौँ - दक्षिण अफ्रिकासँगको तीन खेलको टी-२० क्रिकेट शृङ्खला घरेलु टोली भारतले जितेको छ। गएराति भएको दोस्रो टी-२० मा पाहुना टोली दक्षिण अफ्रिकालाई १६ रनले हराउँदै भारतले एक खेल अगाडि नै शृङ्खला २-० ले जितेको हो।

गुवाहाटीमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनायो। दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित रहँदै १ सय ६ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। यस्तै क्विन्टन डी ककले अविजित रहँदै ६९ रनको अर्धशतकीय पारी खेलेका थिए।

भारतका अर्शदीप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिएका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो। भारतका सूर्यकुमार यादवले ६१ तथा केएल राहुलले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए। विराट कोहली ४९ रनमा अविजित रहे।

दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिएका थिए। भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो। भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टी-२० भोलि हुनेछ। त्यसपछि ३ ए दिवसीय खेल हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×