काठमाडाैँ - प्रिमियर लिगको सिजनको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक भएको छ। शिर्ष आठ जना खेलाडीको सूचीबाट साडीयो माने र क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन्।
प्रिमियर लिगले हरेक बर्ष दिने गरेको सिजनको उत्कृष्ट खेलाडीको आठ जनाको सूचीमा केभिन डी ब्रुइन, मोहम्मद सलाह, ट्रेन्ट एलजान्देर आर्नोल्ड, बुकायो साका, जेम्स वार्ड, जोओ कान्सेलो, सन ह्युङ मिङ र जारोड बोविन रहेका छन्।
समर्थकको भोटिङका आधारमा विजेताको टुंगो लाग्नेछ। जसमा २० क्लबका कप्तान र फुटबल एक्सपर्ट प्यानलको भोटपनि लागु हुनेछ। यो सिजनमा माने र रोनाल्डोले ब्यक्तिगत रुपमा आफ्नो क्लबबाट राम्रो गरेपनि यो सूचीमा अटाउन सकेनन्। मानेले लिभरपुलका लागि ३३ खेलमा १५ गोल गरेका थिए। यस्तै रोनाल्डोले ३० खेलमा १८ गोल गरेका छन्।
यो अवार्ड यसअघि सलाह र डी ब्रुइनले एक एक पटक जितिसकेका छन्। त्यसैले दुबै खेलाडी दोस्रो पटक अवार्ड जित्ने योजनामा छन्।
डी ब्रुइनले यो सिजनमा १५ गोल गरेका छन। जसमा सात एसिस्ट पनि रहेकाे छ। सलाहले यो सिजनमा ३४ खेलमा २२ गोल र १३ एसिस्ट गरेका छन्।