आईटीएफ एसिया यू–१२ टेनिस छनोट सोमबारदेखि

काठमाडौँ - नेपाल टेनिस संघको आयोजनामा आईटीएफ एसिया यु-१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया सोमबारदेखि हुने भएको छ।

आउँदो असार ३ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता हुने र प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी गराएका छन्।

नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान ३-३ महिला-पुरुष प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तानबाट भने ३ पुरुषले मात्र खेल्नेछन्। टिम टेनिसमा २ एकल र १ युगल खेल हुने भएको छ।

नेपालबाट पुरुषमा वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा तथा महिलामा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको टेनिस संघले जनाएको छ।

महिला-पुरुष पहिलो र दोश्रो हुने राष्ट्रले काजाकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागि हुने अवसर पाउने छन्। पाँचदिने प्रतियोगिता सञ्चालन गर्न अनुमानित ८ लाख ८९ हजार ३ सय रुपैयाँ खर्च लाग्ने बताइएको छ। प्रतियोगिताका लागि आईटीएफ रेफ्री प्रवीणकुमार नायक र आईटीएफ प्रतिनिधि जोनाथन स्तब्स नेपाल आइसकेका छन्।

स्तब्सले दक्षिण एसियाका सातै राष्ट्र प्रतियोगितामा सहभागी हुनु खुशीको कुरा भएको बताएका छन्। केटीएम सिटीले नेपाली खेलाडी र अफिसियलका लागि पोशाक प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×