शहीद स्मारक ए डिभिजन लिग : जाउलाखेलको जीत

काठमाडौँ- शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजीत गर्दै विजयी भएको छ।   

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले पराजीत गर्दै विजयी भएको हो। जावलाखेलको जीतमा रुपबहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे।
    
यता हिमालयन शेर्पाका तर्फबाट अमृत श्रेष्ठले एक गोल फर्काए। खेलको १५औँ मिनेटमा रुपबाहनुरले पहिलो गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएकामा ७१औँ मिनेटमा हिमालयनका खेलाडी अमृतले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
     
त्यसपछि खेलको ८८औँ मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जीत दिलाए। यस जीतसँगै जावलाखेल रेलिगेसन जोनबाट जोगिएको छ । जावलाखेलले १२ खेलमा १४ अङ्क जोडदै अङ्क तालिकाको १० औं स्थानमा उक्लेको छ। समान १२ खेल खेलेको हिमालयनले १३ अङ्क जोडेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×