काठमाडौँ - सिक्वेल वा सिरिज फिल्महरू बनिरहेको समयमा फिल्म ‘ओसन्स इलेभेन’ को प्रिक्वेल बन्ने भएको छ।
रिलिज भएको २२ वर्षपछि स्टिभन सोडेरबर्ग निर्देशित फिल्मको प्रिक्वेल बन्न लागेको हो। फिल्ममा ‘बम्बसेल’ अभिनेत्री मार्गोट रोब्बीकाे मुख्य भूमिका रहने छ। फिल्म निर्माण कम्पनी वार्नर ब्रोजले रिलिजको दुई दशकपछि यसको प्रिक्वेल बनाउने गरी मुख्य कलाकारको घोषणा गरेको हो।
सन् २००१ मा लस भेगासको क्यासिनोबाट अर्बौँ रुपैयाँ लुट्ने कथामा बनेको यो फिल्म त्यस वर्षको सर्वाधिक कमाउने फिल्म थियो।
निर्माण कम्पनी वार्नर ब्रोजले फिल्मका लागि ‘बम्बसेल’ निर्देशक जे रोचलाई जिम्मेवारी दिएको छ। फिल्मले सन् १९६० को दशकको युरोपको कथा प्रस्तुत गर्ने बताइएकाे छ।