सत्तारुढ गठबन्धन बैठक: राष्ट्रियसभा निर्वाचनमा मिलेर उम्मेदवारी दिने सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन दलले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारीको बाँडफाँट गरेका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज बसेको बैठकमा राष्ट्रियसभाका रिक्त १९ सदस्य पदमा मिलेर उम्मेदवारी दिने सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने सहमति भएको छ। उन्नाइसमध्ये बाँकी आठ सिटमा कांग्रेसलाई तीन, जनता समाजवादी पार्टी नेपाललाई दुई तथा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई एक-एक सिट दिने सहमति भएको उनले बताए। राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलले यसअघि नै चुनावी तालमेल गर्ने आपसी सहमति गरेका थिए। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ।

उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×