काठमाडौँ। 'करोडौमा' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा क्षितिज सापकोटा र स्वेक्षा ठकुरीको आवाज रहेको छ। त्यसैगरि क्षितिज सापकोटाको शब्द तथा अर्जुन पोखरेलको संगीत/संयोजन रहेको छ।
शिशिर खातीको निर्देशनमा तयार भएको गीतको भिडियोमा आर्यन सिग्देल र रुविना थापाको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल '४बि इन्टरटेनमेन्ट'मा उपलब्ध छ।