काठमाडौँ - नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद भने असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ। तर, पुरुष क्रिकेट त्यसअगाडि नै सुरु भएको हो। प्रतियोगिताको पहिलो दिन आज ४ खेलहरु हुँदैछन्।
आज एनआरएनए टोली र सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र प्रदेश-१, मधेस प्रदेश र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्दैछन्। यी खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा हुँदैछन्।
प्रतियोगितामा ३ विभागीय, ७ वटा प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी ११ टोलीलाई २ समूहमा विभाजन गरिएको छ।