एमी अवार्डका १४ विधामा ‘स्क्वीड गेम’

काठमाडौँ - विश्वभर तरंग ल्याउन सफल वेब सिरिज मध्येको एक हो ‘स्क्वीड गेम’। नेटफ्लिक्समा रिलिज भएको वेब सिरिजले इतिहास रच्दै नयाँ नयाँ रेकर्ड बनायो।

दक्षिण कोरिया कसरी विश्व मनोरञ्जन जगतमा प्रभावशाली बन्दैछ भन्ने तथ्यलाई पेश गरेको सिरिज टेलिभिजनको ओस्कार मानिने एमी अवार्डमा गैरअंग्रेजी भाषाको सिरिजतर्फबाट सर्वाधिक विधामा मनोनित हुने कीर्तिमान राखेको छ।

मुख्य अभिनेता, सहायक अभिनेत्री, सहायक अभिनेता र अतिथि भूमिकासहित यो सिरिज एमीका १४ विधामा मनोनयन भएको छ।

‘स्क्वीड गेम’ ले बनाएको यो पनि नयाँ रेकर्ड नै हो। किनकी गैरअंग्रेजीले यो संख्यामा एमीमा आफ्नो उपस्थिति देखाउन सकेको छैन।

वर्गीय अवस्था, शक्ति, धन र किड्डी खेलमा आधारित दक्षिण कोरियाली सिरिज ‘स्क्वीड गेम’ मा ली जोङ जे, पार्क हे सो र जङ हो एनले अभिनय गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×