पर्वत - पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ। शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानपछि शनिबारदेखि सातवटै पालिकामा मतगणना सुरु गरिएको हो । जिल्लामा हालसम्म २४ वडाको मतपरिणाम सार्वजनिक भएको छ। ती मध्ये १८ वडामा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ भने छ वडामा नेपाली कांग्रेस विजयी भएको छ।
परिणाम सार्वजनिक भएका २६ वडामध्ये जिल्लाको जलजला गाउँपालिकाको वडा नं १, २, ३ ४ र ५ वडामा एमालेका उमेदवार विजयी भएका छन भने वडा नं ६ मा कांग्रेस विजयी भएको छ। यस्तै पैंयु गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ। तीमध्ये पैंयु १ मा कांग्रेसका उमेदवार विजयी भएका छन् भने वडा नं २, ३ र ५ मा एमाले विजयी भएको छ।
महाशिला गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक हुँदा चारै वडामा एमाले विजयी भएको छ। महाशिलाका १,२ र ३, ४ नम्बर वडामा एमालेका उम्मेदवार प्यानलैसहित विजयी भएका हुन्। बिहादी गाउँपालिकाको दुई वडाको मत परिणाम सार्वजनिक हुँदा वडा नं १ मा एमालेका उम्मेदवार चित्रबहादुर गुरुङ र वडा नं २ मा कांग्रेसका उम्मेदवार गणेश पौडेल विजयी भएका छन्।
फलेवास नगरपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ। ती मध्ये एमालेले दुई वडामा विजय हासिल गरेको छ भने दुई वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। फलेवासको वडा नं १ र १० मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ र ११ मा एमालेका उम्मेदवारले बाजी मार्न सफल भएका छन्। वडा नं ११ मा ३६ वर्षपछि एमाले विजयी भएको हो।
यसैगरी मोदी गाउँपालिकामा १ र २ र ३ वडाको मत सार्वजनिक भएको छ। तीनैवटा वडामा एमालेका उम्मेदवार विजयी भएका हुन अहिले वडा नंं ४ को गणना जारी रहेको छ। कुस्मा नगरपालिकामा वडा नं १ र १४ मा कांग्रेस विजयी भएको छ। अहिले वडा नं २, ३ र १३ को मतगणना जारी रहेको छ। कुश्मामा कांग्रेसको अग्रता कायमै छ।