एमसीसी राष्ट्रघाती छ, अनुमाेदन भए वैदेशिक हस्तक्षेप निम्तिन्छ : मैनाली

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले राष्ट्रघाती रहेको बताएका छन् ।

नेकपा मालेले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै महासचिव मैनालीले एमसीसी अनुमोदन भए नेपालमा थप वैदेशिक हस्तक्षेप भित्र्याउने दाबी गरेका हुन् ।

संसद्‍बाट एमसीसी पारित भए नेपालको संविधान भन्दा पनि एमसीसी माथि हुने दाबी गर्दै उहाँले त्यो उनले राष्ट्रघाती हुने जिकिर गरेका छन्।

एमसीसी परियोजना सहयोगमा आधारित परियोजना नभई रुस र चीनलाई ठेगान लगाउने अमेरिकाको रणनीतिक योजना मात्रै भएको उनको भनाइ थियाे । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका २००७, २०४६ र २०६२/०६३ का आन्दोलनले एकातिर मुलुकमा परिवर्तन गरे पनि सँगैसँगै वैदेशिक हस्तक्षेप भित्र्याएको उनले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×