छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई पाँच लाख सहयोग

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको छैटौँ वर्ष पुरा भएको सुखद अवसरमा, सबैका लागि शिक्षा, कम शुल्कमा गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ ७७ वटै जील्लामा करीब ४० हजार विद्यार्र्थी सहित (मात्र रु १०० प्रती विद्यार्थीप्रती महिना) ८३ वटा समता विद्यालय संचालन गरीरहेको छ । २३ वर्षको शैक्षिक ईतिहास बोकेको समता एजुकेसन फाउन्डेसनले हालसम्म आर्र्थीक अवस्था कमजोर भएका १२ हजार जति बालबालिकालाई लाभान्वित गराउन सफल भएको छ भने १७ सय जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ । 

कक्षा नर्सरी देखी स्नातकोत्तर डिग्री सम्म एकै विध्यालय मा पठन पाठन हुने समताको आउने दिनमा गरीब तथा जेहेन्दार विद्यार्र्थीलाई सबैभन्दा न्युन शुल्कमा बिज्ञान बिषय, नर्सिङ्ग विषय लगायत अरु थुप्रै मेडिकल विषय समबन्धी शिक्षा प्रदान गर्ने योजना रहेको छ ।

यो पवित्र उद्देश्यका साथ अघी बढको समता एजुकेसन फाउन्डेसनको थप हौसला बढाउन, सिटिजन लाइफ इन्स्योरेन्स पनि सङ्गसङ्गै उभीएको छ । कम्पनीले आज कम्पनीका अध्यक्ष श्री प्रदीप जङ्ग पाण्डे ज्यू, संचालक समितिका तीन सदश्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्री दशरथ मणी खड्काज्यू द्वारासमता एजुकेसन फाउन्डेसनका निर्देशक श्री दीपक सन्जेलज्यूलाई रु. ५ लाखको चेक हस्तान्तरण गरेको छ । सिटिजन लाइफको यस सहयोगले समतालाई छात्रवृती अशय कोष स्थापना गरी विद्यालय सन्चालन गर्न केहि मद्दत हुने अपेक्षा रहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×