आजको शेयर अपडेट


 
काठमाडौँ । शेयर बजार परिसूचक नेप्सेमा करेक्सन देखिएको छ। यो साता शुरुआतबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९ अंकले घटेको छ। 
आज बिहीबार नेप्से परिसूचक २७६९.१३ विन्दूमा रोकिएको छ भने कारोबार रकम सवा ६ अर्ब पुगेको छ। घटेको बजारमा कारोबार समेत बुधबारको तुलनामा केही ओर्लिएको हो।
बिहीबार कुल २२४ वटा कम्पनीको ७० हजार ३७ वटा कारोबार हुँदा जम्मा ९८ लाख ६२ हजार ९ सय ४० कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २ सय ३० कायम भएको छ।
आज बिहीबार नेप्सेका सबै उपसमूह राताम्य रहँदा सबैभन्दा बढी गुमाउने उपसमूह जलविद्युत र व्यापार रहेका छन्। त्यस्तै, सबैभन्दा बढी कमाउनेमा मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्। यो कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। तेह्रथुम पावर कमपनीको कारोबार समेत सर्किट लेबलमा पुगेको हो। धेरै गुमाउने लगानीकर्ता भने मैलुङ खोला जलविद्युत कम्पनीका रहेको छ।
आज बिहीबार नेपाल टेलिकमको सबैभन्दा बढी ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। महालक्ष्मी विकास बैंक र माथिल्लो तामाकोशी समेत बढी कारोबार हुने कम्पनीको सूचीमा शीर्ष स्थानमा रहेका छन्।
यस साताभर निरन्तर बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा कारोबारको अन्तिम दिन आज बिहीबार बजारमा करेक्सन आएको देखिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×