काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एउटा ठाडो उजुरीको भरमा संसद अवरुद्ध गर्ने कांग्रेसले नैतिकता र र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले कांग्रेसले ठाडो उजुरीको भरमा संसद अवरुद्ध गर्ने, संसदीय छानबिन समिति र राजीनामा नै माग्ने कार्यमाथि प्रश्न उठाएका हुन् ।
उनले भने, ‘देशमा अनियमितता गर्ने माथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन ।’
कांग्रेस दूधले नुहाएको पार्टी हो की होइन भन्ने जनताले मूल्यांकन गरेको उनले बताए । ग्रेसलाई चार वर्ष नै संसद् अवरुद्ध गर्नु भन्दै व्यङ्ग्य गरे ।
लामिछानेले संसद्मा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाई सम्मान गर्ने भन्दै छानबिन आयोगको विषय संसद्को अधिकारको कुरा भएको बताए ।