बहुप्रतीक्षित हलिउड फिल्म ‘ओपेनहेइमर’को आधिकारिक टिजर रिलिज

काठमाडौँ - क्रिस्टोफर नोलन निर्देशित बहुप्रतीक्षित हलिउड फिल्म ‘ओपेनहेइमर’को आधिकारिक टिजर रिलिज भएको छ।

परमाणु बम आविष्कारकमध्येका १ जो रोबर्ट ओपेनहेइमरमाथि बनेको फिल्ममा सिलियन मर्फीले शीर्ष भूमिकामा अभिनय गरेका छन्। हलिउड स्टुडियो युनिभर्सलले गएराति टिजर सार्वजनिक गरेको हो।

घडीको टिकटिक आवाजसँगै भिडियोमा ठूलो विस्फोटका दृश्य देखिन्छन्। त्यसपछि धेरै पात्रको आवाज सुनिन्छ।

‘संसार परिवर्तन हुँदैछ। सुधार हुँदैछ। यो तपाईंको क्षण हो,’ यो आवाजसँगै टिजर सुरु हुन्छ। अनि मर्फीको पात्र झ्यालको अगाडि उभिएर टोपी मिलाउँदै हलमा हिंडिरहेको दृश्य देखाइएको छ। अर्को १ पात्र बोल्छ, ‘तपाईंले उनीहरुलाई आफूलाई नष्ट गर्ने शक्ति दिनुभयो। उहाँलाई अहिलेसम्म बाँचेको सबैभन्दा महत्वपूर्ण व्यक्ति बनाउनुभयो।’

फिल्म ‘ओपेनहेइमर’ सन् २०२३ को जुलाई २१ मा प्रदर्शन हुँदैछ। यो फिल्मलाई वार्नर ब्रोजले निर्माणपछि थन्काएर राखेको थियो र स्वामित्वको मुद्दा जितेपछि युनिभर्सलले यसलाई प्रदर्शन गर्न लागेको हो।

फिल्ममा केनेथ ब्राग, माइकल अंगारानो, रोबर्ट डाउने जुनियर, जुनियर म्याट डोमन, एमिली ब्लन्ट लगायतको अभिनय रहेको छ। दोस्रो विश्वयुद्धको क्रममा ओपेनहेइमरले आणविक बम विकास गर्न मद्दत गरेपछि संयुक्त राज्य अमेरिकाप्रतिको उनको बफादारीलाई सरकारी अधिकारीहरुले प्रश्न गरेका थिए।

यो फिल्म सन् २००५ मा पुलित्जर पुरस्कार विजेता पुस्तक ‘अमेरिकन प्रोमेथस : द ट्रिम्फ एण्ड ट्रयाजेडी अफ जुनियर रोबर्ट ओपेनहेइमर’मा आधारित रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×