नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सञ्चालन हुँदै

काठमाडौँ। आगामी चैत्र १७ देखि २१ गतेसम्म पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सञ्चालन गरिने भएको छ। कार्यक्रम राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमै हुन लागेको हो। केहि समय कोरोना महामारीका कारण भर्चुअल रूपमा आयोजना भइरहेको कार्यक्रम यसपाली भौतिक रूपमा आयोजना हुन लागेको हो।

यो महोत्सवमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिष्पर्धा हुनेछ। आयोजकका अनुसार राष्ट्रिय/अन्तर्राष्ट्रिय, लामा/छोटा, डकुमेण्ट्री/ एनिमेटेड चलचित्रहरुको ७ वटा विधिको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजनामा हुन लागेको यो महोत्सव पाचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×