प्रोफेसनल फाइटका लागि कम्बोडिया जाने रुचालको बिदाइ

काठमाडौँ - अन्तर्राष्ट्रिय मुवा थाई विजेता गुणराज रुचाललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित बिदाइ गरेका छन्।

रुचालले ४ भदौमा कम्बोडियाको नोम पेन्हमा आयोजना हुने प्रोफेसनल फाइटमा घरेलु खेलाडी थुन इङ्गलेसंग प्रतिस्पर्धा गर्नेछन्। रुचालको प्रशिक्षकमा विजय लामा रहेका छन्।

रुचाल आज थाइल्यान्ड प्रस्थान गर्नेछन्। जहाँ उनले थाइल्यान्डको टप फाइट मुवा थाई जिममा १ हप्ता प्रशिक्षण लिने कार्यक्रम रहेको छ। १ हप्ताको प्रशिक्षणपछि रुचाल ४ गते हुने प्रतिस्पर्धाका लागि कम्बोडिया प्रस्थान गर्ने छन्।

बिदाइ कार्यक्रममा नेपाल मुवा थाई संघका केन्द्रिय अध्यक्ष गणेश कक्षपती लगायतको उपस्थिति रहेको थियो।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×