काठमाडौँ - फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गर्ने फिल्म बनेको छ। फवाद खान स्टारर यो फिल्मले पाकिस्तानी इतिहासमै सर्वाधिक कमाउने फिल्मको कीर्तिमान रचेको हो।
फिल्मले हालै बक्स अफिसमा १०० करोड भारुको आँकडा समेत पार गरेको छ। पाकिस्तानबाहेक फिल्मले अमेरिका, बेलायत, यूएई लगायतका मुलुकमा समेत बलियो कमाइ गरेको छ।
लशारीको निर्देशनमा बनेको यो फिल्मलाई पाकिस्तानकै अहिलेसम्मको महंगो फिल्म भएको बताइएको छ। यो पाकिस्तानी फिल्मले पहिलोपटक हिन्दी फिल्मलाई समेत पछि पारेको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यो फिल्मलाई रामसेतु र थ्यांक गडजस्ता चर्चित हिन्दी फिल्मलाई भन्दा कम शो मिलेको थियो कम शो पाए पनि ती २ फिल्मले ले भन्दा राम्रो कमाइ गर्न सकेको हो।
फिल्ममा फवाद खानसहित माहिरा खान प्रमुख भूमिकामा रहेका छन्। अली अब्बासी सहायक भूमिकामा छन्। द लिजेन्ड अफ मौला जट्ट सन् १९७९ मा रिलिज भएको कल्ट क्लासिक फिल्म मौला जट्टको रिमेक समेत हो। लिड एक्टर फवादले केही बलिउड फिल्ममा समेत काम गरिसकेका छन्।
उनले करण जोहरको फिल्म ए दिल है मुस्किल, कपुर एण्ड सन्स र खुबसुरतजस्ता फिल्ममा काम गरिसकेका छन्। माहिरा खान शाहरुख खानको फिल्म रइसमा देखिइसकेकी छिन्।