काठमाडौँ। सर्वोच्च अदालतका नेता न्यायाधीशहरु अहिले आफैँ गोलाप्रथा लागु नगराउन लागिपरेको पाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गोलाप्रथा लागु गर्नको लागि फूलकोर्ट बैठक बोलाउने तयारी गरिरहदा नेता न्यायाधीशहरु प्रधानन्यायाधीश ले बोलाएको फूलकोर्ट बैठक बहिष्कार गर्ने तयारी गरेका छन्। गोलाप्रथा लागु भयो भने सेटिङ गर्न नपाउने भएपछि नेता न्यायाधीशहरुले फूलकोर्ट बैठक बहिष्कार गर्ने तयारीका साथ छुट्टै बैठक बस्न लागेको बुझिएको छ।
न्यायाधीश हरिकृष्ण कार्कीले नै न्यायापालिका सुधारको लागि भन्दै सार्वजनिक गरेको प्रतिवेदन लागु गर्न प्रधानन्यायाधीश जबराले सुरुदेखि नै पहल गरिहेका थिए । तर, उक्त प्रतिवेदन देखाउने तर लागु गर्ने सवालमा भने नेता न्यायाधीशहरुले कुनै गम्भीरता देखाएका छैनन्। नेता न्यायाधीशहरुले खासगरी गोलाप्रथा लागु गर्न ईच्छा देखाएका छैनन्। \
अब यस्तो अवस्थामा प्रधान्यायाधीश जबराले मात्रै कसरी यो प्रतिवेदन लागु गर्न सक्छन्? प्रतिवेदन लागु गर्न प्रधान्यायाधीशले बेला बेलामा पूर्ण बैठक बोलाउन खोज्दा नेता न्यायाधीशहरुले भने गोला प्रथा लागु नहोस भनेर विभिन्न बहानाबाजी गर्दै आएका छन्।उनीहरुले केही समय पर्खिन भन्दै बहानाबाजी गर्ने गरेका छन्।
प्रतिवेदन ल्याउने नेतृत्वकर्ता न्यायाधीश कार्कीले नै तत्काल सर्वोच्च अदालतमा नभएर उच्च अदालतमा मात्रै लागु गर्न भनिरहेका छन्। नेता न्यायाधीशहरुले आफूले भनेजस्तो मुद्दा नपाउने र बरिष्ठ अधिवक्ताहरुको साथमा सेटिङ गर्न नपाउने हुँदा अहिले गोलाप्रथा सर्वोच्च अदालतमा लागु नगराउने प्रयास गरिरहेका छन्।