बालबालिकामा राष्ट्रिय भावना जगाउने गीति भिडियो ‘नेपालकी छोरी’ सार्वजनिक

काठमाडौँ - बालबालिकाहरुमा राष्ट्रिय भावना जागृत गराउनु पर्छ भन्ने भावनाका साथ तयार पारिएको गीति भिडियो ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ।

जापानलाई आफ्नो कर्मथल‍ो बनाउँदै आएका दीपेन्द्र अधिकारीक‍ो शब्द तथा प्रस्तुतिमा तयार पारिएको यो गीतलाई दुर्गा पराजुलीले संगीतबद्ध गरेका छन् भने रणदीप भूजेलले संगीत संयोजन गरेका छन्। यो गीतमा यात्रिका हुमागाईँ तथा सृजीता ढकालको स्वर रहेको छ।

अंग्रेजी भाषामा सबटाइटल राखिएको यो गीतको भिडियो पोखराका रोहन नेपालीको निर्देशनमा तयार गरिएको हो। भिडियोमा विकास नेपालीको नृत्य निर्देशन, मुकेश हुमागाईँको छायाङ्कन र निशान घिमिरेको सम्पादन रहेको छ।

बाल कलाकार आस्था पौडेलको मुख्य भूमिका रहेको भिडियोमा घनश्याम जोशी, प्रेणीता शर्मा, शोभा पाठक, असिम पौडेल, प्रकाश ढुङ्गाना, आइस्मा पुरी, समृद्धी पौडेल, सीमा भट्ट, शीवानी श्रेष्ठ, फिओना श्रेष्ठ र दीक्षा कार्कीले अभिनयमा साथ दिएका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×