मिडफिल्डर मार्टिन आर्सनलको नयाँ कप्तान

काठमाडौँ - मार्टिन ओडेगार्ड प्रिमियर लिग क्लब आर्सनलका नयाँ कप्तान नियुक्त भएका छन्। २३ वर्षीय मार्टिन २०२१ मा स्पेनिस क्लब रियाल मड्रिडबाट आर्सनल पुगेका थिए।

मार्टिनले आर्सनलका लागि लोनमा भएको समय र अनुबन्ध भइसकेपछि ६० खेल खेल्दै ९ गोल गरेका छन्। मार्टिन मार्च २०२१ देखि नर्वेको कप्तान भएका थिए । उनले राष्ट्रिय टोलीका लागि ४३ खेल खेलेका छन्।

मार्टिनको कप्तानीमा टिमले ठूलो सफलता हात पार्ने आर्सनलले बताएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×