काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न गर्न राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन्।
मंसिर ८ गते बसेको मन्त्रिपरिषद్కो बैठकले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार राष्ट्रपति पौडेलले बिहीबार सरकारी सिफारिसलाई अनुमोदन गर्दै सेना परिचालनका लागि औपचारिक स्वीकृति प्रदान गरे।
सरकारका अनुसार निर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सेना परिचालन अपरिहार्य रहेको बताइएको छ। नेपाली सेनाको सहभागिताले सम्पूर्ण सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउँदै निर्वाचन प्रक्रियामा सम्भावित खतरा वा अवरोध न्यूनिकरण हुने विश्वास व्यक्त गरिएको छ।
निर्वाचन आयोगले पनि सुरक्षा व्यवस्थाप्रति विशेष ध्यान दिन अनुरोध गर्दै आएको छ। विभिन्न सुरक्षा निकायबीच सहकार्य र समन्वय बढाएर निर्वाचनलाई निष्पक्ष, भयमुक्त र विश्वासिलाे बनाउन सरकारले चरणबद्ध तयारी गरिरहेको जनाएको छ।
यसैबीच, मतदाताहरूले यो निर्णयप्रति मिश्र प्रतिक्रिया दिएका छन्। केहीले शान्तिपूर्ण निर्वाचनका लागि सेना परिचालन सकारात्मक भएको प्रतिक्रिया दिएका छन् भने केहीले सैन्य उपस्थितिले अनावश्यक कडाइ बढ्ने टिप्पणी गरेका छन्। यातायात, प्रशासन र सुरक्षासम्बन्धी तयारी पनि तीव्र बनेको छ।
राष्ट्रपति पौडेलको स्वीकृतिसँगै चुनावी सुरक्षाको अन्तिम चरणको तयारी तिव्र बनेको छ र निर्वाचन तोकिएको मितिमै सम्पन्न हुने अपेक्षा गरिएको छ।