काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गरेकी छिन्। राष्ट्रपति भण्डारीका तर्फबाट उनका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्यहरु संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन्।
आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए। केही दिनअघि स्वास्थ्यमा उपचारार्थ भर्ना भएका जोशीको हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका भतिज अजर जोशीले जानकारी दिए।