काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छिन्। उनले आज ट्विट गर्नुहुँदै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गरेकी छिन्। दुःखको यस घडीमा स्व लामाप्रति उनले श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छिन्।