काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब फुलहमले पोर्चुगलका डिफेन्सिभ मिडफिल्डर जोआ पाल्हिन्हालाई अनुबन्ध गरेको छ।
फुलहमले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनबाट उनलाई अनुबन्ध गरेको हो। २६ वर्षीय मिडफिल्डलाई फुलहमले १७ मिलियन पाउण्डमा क्लब भित्र्याएको हो।
उनले फुलहमसँग पाँच वर्षको लागि सम्झौता गरेका छन्। गत सिजन स्पोर्टिङ च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको थियो। स्पोर्टिङलाई अन्तिम १६ मा पुर्याउन पाल्हिन्हाको योगदान महत्वपूर्ण रहेको थियो।
पोर्चुगलका लागि उनले १४ खेल खेलेका छन्।