काठमाडौँ । यतिबेला सर्वोच्च अदालतमा फुलकोर्ट बैठक जारी छ। न्यायालयका सम्पूर्ण न्यायाधीशको उपस्थिति रहने फुलकोर्ट बैठकमा यसपटक देशबाहिर रहेका न्यायाधीश ईश्वर खतिवडा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाहेक बाँकी १८ जना आजको फुलकोर्टमा सहभागी भएका छन्। आजको फुलकोर्ट बैठकमा गोलाप्रथा प्रणालीबाट पेशी तोक्नका लागि सर्वोच्च अदालतको नियमावली संशोधान गर्ने लगायतका विषयमा केन्द्रित रही छलफल जारी छ। बैठकमा प्रधानन्यायाधीश जबराको भने उपस्थिति नरहेको जनाइएको छ।
नयायाधीशहरूद्वारा प्रधानन्यायाधीश जबरामाथि पेशी तोक्ने क्रममा पक्षपात गरेको आक्षेप लागिरहँदा न्यायाधीशहरूलाई स्वतन्त्र रूपमा निर्णय गर्न दिने र न्यायाधीशहरूकै सहमतिसहितको निर्णयमा आफूले हस्ताक्षर गर्ने भएका हुन्।