एमाले, राप्रपा नेपाल र परिवार दलबीच सहमति

काठमाडौँ - नेकपा (एमाले)सँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा एकापसमा सघाउने विषयमा सहमति भएको छ।

एमालेसँग ती दुई दलले आज अलग–अलगरूपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठ र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच अलग–अलगरूपमा भएको सहमतिपत्र आज सार्वजनिक भएको हो।

ती दलले देशभर सम्भव भएका स्थानमा तालमेलन गर्ने, आफ्ना उम्मेदवार नभएका स्थानमा एमालेका उम्मेदवारलाई सघाउने एमालेसँग राप्रपा नेपाल र परिवार दलबीच जिल्ला तहमा सहमतिमा उम्मेदवार भएका स्थानमा सूर्य चिह्नमा निर्वाचनमा जाने सहमति भएको हो। निर्वाचित भए पनि आफ्नै दलमा रहने पनि उल्लेख गरिएको छ। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×