काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आफू अध्यक्ष पदको लागि भएको निर्वाचनमा पराजीत भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह प्रति आक्रोश पोखेका छन् । सामाजीक संजाल फेसबुक मार्फत नेता थापाले आफ्नो आक्रोश प्रस्तुत गरेपछि यसले नेपाली राजनीतिमा एउटा तरङ्ग नै पैदा गरेको छ ।
उनको उक्त आक्रोशले कमल थापा र निर्मल निवसबीचको सम्बन्ध कस्तो छ भन्ने कुरा दुधको दुध र पानीको पानी छुट्टिएको छ । उनको अभिव्यक्तिबाट निर्मल निवाससँग थापाको सम्बन्ध सुमधुर नरहेको प्रष्ट बुझिन्छ ।
उनले आफ्नो सामाजिक संजालमा लेखेका छन्,
“पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। Congrats @GBBShah . Thank you
मैले राहत र उन्मुक्ति पाएको छु।“
उनले आफ्नो अभिव्यक्ति यति मै सिमित राखेनन् उनले अझ थपे,
“सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
हार्दिक शुभ-कामना”
आफ्नो र निर्मल निवासबीचको सम्बन्ध यसरी उजागर गर्नाले कमल थापाको अबको कदम कस्तो होला भन्ने कुरा अहिले राजनीतिक विज्ञहरुबीच गम्भिर वहसको विषय बन्न सक्ने निकै ठूलो सम्भावना रहेको छ ।