'धुम ४' मा अक्षयकुमार भिलेन, अभिषेक फिल्मबाट बाहिरिए

काठमाडौँ - यशराज फिल्म्सको ब्यानरमा बनेका दुई ठूला फिल्म ‘पठान’ र ‘टाइगर–३’ अर्को वर्ष रिलिज हुँदैछन्। यसैबिच, हिट फिल्म ‘धुम’ को चौथो सिरिज बन्ने चर्चा छ।

यशराज फिल्म्सले सन् २०२४ को इदमा ‘धूम-४’ प्रदर्शन गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यममा यस फ्रेन्चाइजको चौथो भाग निर्देशन गर्न सञ्जय गढवीलाई अफर गरिएको उल्लेख गरिएको छ।

यसअघिका २ सिरिजमा सञ्जयको नै निर्देशन रहेको छ। तेस्रो सिरिज भने विजयकृष्ण आचार्यले निर्देशन गरेका थिए।

अभिषेक बच्चन यसअघिका सिरिजमा देखिएका छन्। तर, चौथो भागमा भने उनी नदेखिने भास्करअनलाइनले जनाएको छ। धुमका सिरिजमा निभाएको भूमिकाबाट प्रतिक्रिया राम्रो नपाएपछि उनी अर्को सिरिजमा नदेखिने दाबी गरिएको हो

फिल्मको चौथो पार्टमा अक्षय कुमार खलपात्रको भूमिकामा देखिने बताइएको छ। ‘पृथ्वीराज’ को समयमा पनि अक्षय कुमारलाई ‘धूम-४’का लागि अफर गरिएको थियो।

अहिलेसम्मका धुमका सिरिजमा जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले खलनायकको भूमिका निर्वाह गरिसेकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×