फिल्म ‘मिलन’ को रिलिज मिति परिवर्तन

काठमाडौँ - नेपाली कथानक चलचित्र ‘मिलन’ मङ्सिर ९ बाट प्रदर्शनमा आउने भएको छ। प्रेमकथामा आधारित चलचित्र यसअघि कात्तिक १८ बाट प्रदर्शनमा आउने तय भए पनि प्रदर्शन मिति हेरफेर भएको छ।

यही मितिमा अर्को चलचित्र ‘लाखे’ पनि प्रदर्शन हुन लागेकाले प्रदर्शन मिति सारिएको निर्देशक टेक पौरखी राईले जानकारी दिए।

चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य अभिनय रहेको छ। कुशल र शिल्पाले यही चलचित्रबाट डेब्यु गर्न लागेका छन्। चलचित्रका अन्य कलाकारमा सुमिन गुरुङ, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चैमगर, डेनियल खड्का, करन थापामगरलगायतको अभिनय रहेको छ। चलचित्रका निर्माता प्रवीण थापा हुन्।

काठमाडौँ र कालिञ्चोकमा छायाङ्कन गरिएको चलचित्रमा राहुल राईको छायाङ्कन, तारा किम्बे थापाको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन, टङ्कबहादुर राईको भीएफएक्स रहेको छ। यस्तै चलचित्रमा समावेश ३ वटा गीतमा कविराज गहतराजको कोरियोग्राफी, प्रताप दास, कौशल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किराँतीको आवाज रहेको छ।

  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×