काठमाडौँ - सरकारबाट अनुमति लिएका सहकारीहरुमा बचत गरिसकेपछि बचतकर्ताको रकम फिर्ता गर्नु सरकारको दायित्व रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लामिछानेले पूर्व गृहमन्त्री समेत रहेको लामिछानेले सहकारीको समस्या राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताएका हुन् ।
चितवन क्षेत्र नम्बर दुई बाट निर्वाचित सांसद समेत रहेका लामिछानेले बचत कर्ताको सुरक्षा राजनीतिक दलका रुपमा जनप्रतिनिधिका रुपमा र जिम्मेवार व्यक्तिमा रुपमा प्राथमिकतामा रहेको बताएका छन् ।
रास्वपाले सहकारीमा रहेको समस्याको समाधान सहितको प्रतिवेदन समेत तयार पारेको उनले बताए । सहकारीको मुद्दा बाहिर नआउँदै जलेश्वर बैठकले नै सो प्रतिवेदन तयार पारेको उनको दावी थियो ।
यसअघि लामिछाने सहभागि रहेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा सहकारी बचतकर्ताको लगानी रहेको थियो । त्यतिखेर लामिछाने टिभिका प्रबन्धक निर्देशक थिए । सहकारी सञ्चालक समितिका अध्यक्ष जिबि राई फरार छन् ।
जिबि राईलाई समात्न किन सकिएन ? भन्ने पत्रकारको प्रश्नमा लामिछानेले राज्यका कारण समात्न नसकेको उत्तर दिए । ‘समात्न सरकार लाग्नुपर्यो हामी सघाउन तयार छौँ ।’
जोसंग शक्ति छ उसको संरक्षणका कारण नसमातिएको हुन सक्छ उनले भने ।’ उनले आफू डेढ वर्ष अघिदेखि सो संस्थामा नभएको स्पष्ट पारे । लामिछानेले चितवनका सहकारी पीडितसँग समेत भेट गरेका छन् ।