‘झिंगेदाउ’ले साढे दुई करोड कमाउँदा ‘प्रकाश’ डेढ करोडमा समेटियो

काठमाडौँ - ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ। नयाँ फिल्म रिलिज नहुँदाको बक्स अफिस फाइदा यो फिल्मले उठाउने पक्कापक्की छ।

चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार बिहीबार बेलुकासम्म केकी अधिकारी र मुकुन भुसाल अभिनित फिल्मले २ करोड ५५ लाख २६ हजार रुपैयाँ ग्रस कमाएको छ।

बक्स अफिस जडान नभएका हल र हलले वितरकलाई उपलब्ध गराउने हिसाब समेत जोड्दा ‘झिंगेदाउ’को कुल कलेक्सन ३ करोड रुपैयाँ ग्रस हुने अनुमान छ।

बोर्डकै डेटाअनुसार बिहीबारसम्म (२१ दिन)को कमाइ हेर्दा ‘प्रकाश’ले १ करोड ४६ लाख रुपैयाँ ग्रस कमाएको छ। बक्स अफिस जडान नभएका हल र हलले वितरकलाई उपलब्ध गराउने हिसाब समेत जोड्दा प्रकाशको कुल कमाइ २ करोड ८० देखि ९० लाख आसपास हुने अनुमान छ।

बलिउड फिल्म ब्रह्मास्त्रले शुक्रबार मध्यान्हसम्म रियल टाइम डेटाअनुसार ३ करोड १७ लाख रुपैयाँ कमाइ गरेको छ। ‘ऐना झ्यालको पुतली’ले कमजोर कमाइ गरे पनि समीक्षा चाहिं राम्रो पाइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×