चलचित्र ‘हेल्लो जिन्दगी’को गीत ‘कता कता’ सार्वजनिक

काठमाडौँ। चलचित्र ‘हेल्लो जिन्दगी’को गीत ‘कता कता’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा कलाकार बिक्रम जोशी र दीपिका प्रसाईलाई देख्न सकिन्छ। गीतमा प्रबिशा अधिकारी र प्रताप दासको  आवाज रहेको छ भने एभरेष्ट सुर्य बोहराको शब्द र एलिश कार्कीको संगीत रहेको छ।

एभरेष्ट सुर्य बोहराको निर्देशन रहेको चलचित्र ‘हेल्लो जिन्दगी’ वीरञ्जना इन्टरटेनमेन्टको प्रस्तुतीमा महारानी इन्टरटेनमेन्ट युके र एभरेष्ट सुर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण भएको हो। चलचित्रमा विक्रम र दीपिकाका अलवा प्रियंका कार्की, विक्रान्त वस्नेत विल्सन विक्रम राई, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ आदि कलाकारहरूको अभिनय रहेको छ।

हिराल जोशी र विक्रम जोशी निर्माता रहेको चलचित्रकी कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन रहेकी छिन्। चलचित्रमा निर्देशक बोहरा र अभिनेता जोशीको कथा र  बोहरा र अभिमन्यू निरवीको पटकथा रहेको छ।

भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×