काठमाडौँ l निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत नयाँ कुराको जानकारी दिएका छन् l उनले रियालिटी शो 'सुपर डान्स 'र 'एडी रिलिज' बिच सम्झौता भएको जनाएका छन् l सञ्जालमा उनले एक तस्विर राख्दै लेखेका छन् "एक मताधिकार मात्र होइन तर एक सुपर फ्रेन्चाइज ! हामी, टिम थ्री प्रोडक्सन, नेपालको सबैभन्दा ठूलो विज्ञापन एजेन्सी, मेगा डान्स रियालिटी सो, सुपर डान्सरको लागि एडी रिलिजसँग फेरि हाम्रो साझेदारी घोषणा गर्न पाउँदा गर्व गर्छौं।"
कार्यक्रम कान्तिपुर टेलिभिजन मार्फत प्रसारण आउनेछ l