विश्वकप: साविक विजेता फ्रान्स कतार पुग्यो

काठमाडौँ - साविक विजेता फ्रान्स विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित कतार पुगेको छ।

बुधबार साँझ कतार पुगेको डिडियर देस्च्याम्पको टिमले सामान्य व्यायाम गरेर मात्रै खाना खाएको थियो। चोटका कारण क्रिस्टोफर एन्कुन्कुले विश्वकप गुमाउने भएपछि उनको स्थानमा बोलाइएका रन्दाल कोलो मुवानी बिहीबार साँझको अभ्यास सेसनमा उपस्थित हुने अनुमान छ।विश्वकपका लागि फ्रान्समा भएको अभ्यासको अन्तिम क्षणमा एडुवार्डो कामाभिङ्गाले हानेको ट्याकलबाट घुँडामा घाइते भएका एन्कुन्कु दुर्भाग्यशाली रहे।

देस्च्याम्पको टिम २०१८ मा विश्व विजेता बन्दा महत्त्वपूर्ण सदस्य रहेका पौल पोग्बा र एन्’गोलो कान्टेले पनि चोटका कारण विश्वकप गुमाउने छन्। यस्तै, सेन्टर ब्याक प्रेस्नेल किम्पेम्बेले पनि ह्यास्ट्रिङको समस्याका कारण विश्वकप गुमाउनेछन्।

समूह ‘डी’मा परेको फ्रान्सले नोभेम्बर २२ मा अस्ट्रेलियाविरुद्ध हुने खेलबाट उपाधि रक्षा अभियान सुरु गर्नेछ। त्यो खेलका लागि डिफेन्डर राफेल भरान फिट हुनेमा प्रशिक्षक देस्च्याम्प आशावादी छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×