काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री पदमा दावी गर्दै आएका पौडेल आज बिहान नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए।
नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन्। नेता नेपालले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्नेमा पनि जोड दिएको उनले बताएका छन्।
नेपालको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘तपाईं गठन्धनको नेता पनि हो, गठबन्धन बनाउन तपाईंले दुःख गर्नु भएको पनि छ। यसपटक तपाईं प्रधानमन्त्री हुन पाउनुपर्छ भन्नेमा हाम्रो पार्टी पनि सकारात्मक छ भनेर माधव नेपालले भन्नुभयो।'
नेपाली कांग्रेसमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायत पनि प्रधानमन्त्रीको दाबेदार छन्।