छोरी बचाऊ, छोरी पढाऊ कार्यक्रमअन्तर्गत छात्रालाई साइकल वितरण

बारा । प्रदेश २ सरकारको छोरी बचाऊ, छोरी पढाऊ कार्यक्रमअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ नमूना माध्यमिक विद्यालयका छात्रालाई साइकल वितरण गरिएको छ । नमूना माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ८ भन्दा माथिका ४२ छात्रालाई  साइकल वितरण गरिएको हो ।

यसबाट विद्यार्थीलाई विद्यालय आउने थप सहजता हुने विद्यालयले जनाएको छ । छोरीलाई विद्यालय पठाउन प्रोत्साहनस्वरुप सकारात्मक सन्देश प्रभाव गर्न प्रदेश सरकारले यस प्रदेशका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×