प्लेयर टू वाच: ताकुमी मिनामिनो, जापान

काठमाडौँ - जापानको फुटबलमा १० नम्बर जर्सीको आफ्नै महत्त्व छ। सुनसुके नाकामुरा र सिन्जी कागावाजस्ता खेलाडीले पहिरिएको यो जर्सीलाई अहिले २७ वर्षीय फरवार्ड  ताकुमी मिनामिनोले पहिरिन्छन्। त्यसैले त्यो जर्सीसँगै आउने जिम्मेवारी उनको काँधमा रहेको छ।

सन् २०१९-२० सिजनमा लिभरपुलसँग आबद्ध भए पछि मिनामिनोले निकै चर्चा कमाएका थिए। उनी लिभरपुलको सुरुवाती ११ मा नियमितरुपमा पर्न नसके पनि उनी ३० वर्षपछि क्लबलाई लिग उपाधि जिताउने टोलीको सदस्य थिए।

गत सिजन लिभरपुललाई ४ वटा उपाधि नजिक पुर्‍याउन पनि उनले योगदान दिएका थिए। त सिजन उनले प्रत्येक १०१ मिनेटमा गोल गरेका थिए। मिनामिनो यस सिजनको सुरुमा फ्रेन्च लिग १ क्लब मोनाकोमा आबद्ध छन्। उनले क्लबका लागि ९ खेल खेलेर १ गोल गरेका छन् भने ३ असिस्ट गरेका छन्।

जापानका लागि भने उनले ४४ खेल खेल्दै १७ गोल गरेका छन्। कतार विश्वकपमा पनि मिनामिनोले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। मुख्य प्रशिक्षक हाजिमे मोरियासुले जिम्मेवारी सम्हालेदेखि मिनामिनो टिमका लागि मुख्य खेलाडीको रूपमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×