काठमाडौँ - फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन्। प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन्।
फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एम्बाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे। उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरेका छन्।उनको नाममा २ असिस्ट पनि रहयो। यससँगै एम्बाप्पेको गोलसंख्या १२ गोल पुगेको छ।
सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहेका छन्। उनले ७ खेलमा ७ गोल गरेका छन्। मेस्सीले ३ असिस्ट पनि दिएका थिए।