सोमालियास्थित साउदी अरबको दूतावास फेरि खुल्ने

सोमालिया । साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास फेरि खुल्ला गर्ने शुक्रबार घोषणा गरेको छ । साउदी अरबका विदेश मन्त्रीले दूतावास पुनःसञ्चालन गर्ने बारेमा सोमालिया सरकारसँग मिलेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । सोमालियाको राजधानी मोगादिशुमा साउदी अरबको दूतावास पूनःखोलिने भएको हो ।

आपसी सहयोग र सम्वन्ध बढाउनुका साथै साझा चासो र दुई पक्षीय हितका बारेमा सहकार्य गर्न दूतावास पूनःखोल्ने निश्कर्षमा पुगिएको अधिकारीको भनाइ छ । दूतावास पुनःसञ्चालनमा ल्याउने र आपसी सम्वन्ध र सहकार्यलाई बढाउने बारेमा छलफल गर्न साउदी अरबको टोलीले गत जुनमा सोमालियाको भ्रमण गरेको थियो । साउदी अरबले सन् १९९१ मा सोमालियामा रहेको आफ्नो दूतावास बन्द गरेको थियो ।

सोमालियामा त्यति बेला भएको आन्तरिक युद्धलाई कारण देखाउँदै साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×