काठमाडौँ - अखिल(क्रान्तिकारी)को केन्द्रीय छात्रा विभाग प्रमुखमा प्रविना अधिकारी चयन भएकी छन्। ‘सम्पत्ति र सत्तामा समान सहभागिता, शिक्षा र रोजगारी सहितको आत्मनिर्भरता’ भन्ने मूल नारासहित भाद्र २५ र २६ गते दुई दिन सम्म चलेको चितवनको केन्द्रीय भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो।
माओवादी(केन्द्र)का उपमहासचिव एवं ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले रामपुर स्थित कृषि क्याम्पसमा उद्घाटन गर्नुभएको भेलालाई अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहसहित कञ्चन खनाल , माओवादी(केन्द्र) चितवन अध्यक्ष आर.सी अधिकारी लगायतले प्रशिक्षण दिएको विद्यार्थी नेतृ मुना काप्रीले जनाकारी दिइन्। चितवन स्थित स्कुल अफ हेल्थ साइन्समा सम्पन्न बन्दसत्रले विभागको उपप्रमुखमा विद्यार्थी नेतृहरू देवकी कार्की र पार्वती शर्मा तथा सचिवमा इन्दिरा पुरीलाई चयन गरेको काप्रीले बताइन्।