काठमाडौँ। नेपाली चलचित्र ‘चुरिफुरी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आउँदो पुष ९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलर शुक्रवार सार्वजनिक गरिएको हो। कमेडी विधामा आधारित चलचित्रमा अष्ट्रेलिया जान चाहने युवाको कथा देखाईएको छ। चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, दीपक आचार्य, रविन्द्र झा, सुरवीर पण्डित आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा राहुल राइको छायांकन,भिमफेदी ग्रुपको कोरियोग्राफी,नविन निरौलाको सम्पादन र ऋषिराज आचार्यको निर्देशन रहेको छ। चलचित्रको निर्माता निर्देशक आचार्य र रिना ढकाल,सह–निर्माता विमला भुसाल, राजेन्द्र खाती, खेमराज भण्डारी र शिव थापा रहेका छन्। चलचित्रमा निर्देशक आचार्यकै कथा, पटकथा र संवाद रहेको छ।
ट्रेलर: