काठमाडौँ - सुगम संगीतकी चर्चित गायिका अञ्जु पन्त अस्ट्रेलियाका विभिन्न सहरमा गुञ्जने भएकी छिन्। ‘विजडम नाइट’ नामक यो सांगीतिक टुरमा सिड्नीमा नै रहेका अर्का गायक सञ्जीव पराजुलीले पनि सांगीतिक प्रस्तुति दिने भएका छन्।
आगामी दशैंको अवसर पारेर विजडम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कन्सर्ट सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३० सम्म आयोजना हुने विजडम एजुकेसन कन्सल्टेन्सीका सीईओ सफल कार्कीले जानकारि दिएका छन्।
अस्ट्रेलियाको विभिन्न सहरमा रहेका गीत-संगीत अनुरागीहरूको चाहना र माग अनुरूप नै अन्जु पन्तको साथमा कन्सर्ट गर्न लागेका उनले बताएका छन्।