गगनको आरोप- सरकारले लय समात्न सकेन, जनतामा विश्वास गुम्दै गयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारले लय समात्न नसकेको र सरकारी निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ ।  साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×