काठमाडौँ- आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टिमको बलिङ कन्सलटेन्ट नियुक्त भएका श्रीलंकन धम्मिकाप्रसाद श्रीलंकाबाट सिधै ओमान जाँदैछन्।
नेपाल क्रिकेट संघले धम्मिकालाई ग्लोबल क्वालिफनयरका लागि बलिङ कन्सलटेन्ट प्रशिक्षक नियुक्त गरेको हो। यसअघि नेपालमै आउने तय भए पनि प्राविधिक कारणले गर्दा धम्मिका नेपाल नआई सिधै ओमान जाने क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए। नेपाली क्रिकेट टोली भने मंगलबार नै ओमान गइसकेको छ।