काठमाडौँ - काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन्।
कोटेश्वरको आकाशे पुल नजिक बा. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ। ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ। त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ। माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ।
बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ। बस तोडफोड गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पठाओ चढेर आएका युवकले बस तोडफोड गरेका हुन्।